नियम १०६
मर्यादापालकको पदमा उम्मेदवार हुनको लागि योग्यता
मर्यादापालक पदमा नियुक्तिका लागि देहायको योग्यता पुगेका व्यक्ति मात्र उम्मेदवार हुन सक्नेछन् ।
(क) नेपाली नागरिक,
(ख) नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी सेवाको सम्बन्धित तहको पदमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको सेवारत वा सेवा निवृत्त व्यक्ति,
(ग) दरखास्त दिने अन्तिम मितिसम्ममा पचपन्न वर्ष ननाघेको,
(घ) स्वीकृत चिकित्सकबाट शारिरीक र मानसिक रूपमा तन्दुरुस्त रहेको भनी प्रमाणित गरिएको,
(ङ) कुनै पनि राजनैतिक दलको सदस्य नरहेको,
(च) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त नभएको,
(छ) भ्रष्टाचार वा अन्य कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको ।